काठमाडौं । प्रतिनिधि सभा बैठक सोमबार दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद आर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
त्यसैगरी, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूची छ । बैठकमा आव २०८३र८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने बताइएको छ ।
तर, नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको विवादित अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन अवरोध कायमै राख्ने विपक्षी दलहरूको तयारी छ । ‘हामीले यसअघि नै प्रधानमन्त्रीको विवादित अडान संसदको रेकर्डबाट हटाउन माग गरेका हौँ।
तर हाम्रो कुरा सुनुवाई भएको छैन,’ विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले भने,‘सुनुवाई नभएसम्म संसद अवरोध कायमै रहन्छ ।’ भने उता सत्ता पक्षको साथमा सभामुख अर्यालले संसद अबरुद्धका विच कार्यसूची अगाडी बढाई बजेट पास गर्ने तयारी समेत गरेको समाचार प्राप्त हुन आएको छ ।