मध्यबिन्दु/हेलम्बु – सिन्धुपाल्चोकको हेलम्बुबाट गोसाइकुण्ड जाने क्रममा बेपत्ता भएका दुई युवहरुको शव भेटिएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाबाट खटिएको प्रहरी टोलिले दुबै युबकको शव हिउँले पुरिएको अबस्थामा हिजो सोमबार बिहान करिब पौने १२ बजे प्राप्त गरेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।
यही माघ ३ गते गोसाइँकुण्ड हिँडेका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका १ का १७ वर्षीय वाङगेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ७ का जापान तामाङ सीमावर्ती नुवाकोटको दुप्चेश्वर गाउँपालिका घ्याङफेदीबाट सम्पर्क विहिन भएका थिए ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाको विशेष पहलमा उनीहरुको शव खोजिए पनि सेनाको प्राविधिक समस्याका कारण शव त्यहाँबाट सम्बन्धित स्थानमा लैजान सकिएको छैन ।