प्रधानमन्त्रीसँग चिनियाँ नेताहरुको भेट

16

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहन’भएका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको प्रमण्डलले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा चिनियाँ नेताहरुले आफूहरु चीनका राष्ट्रपति सि जिनफिङको नेपालमा चाँडै हुने भ्रमणको तयारीका क्रममा नेपाल आएको बताएका छन् । उनीहरुले नेपालले लिएको समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पमा सघाउने वचन दिएका थिए ।

प्रधानमन्त्री ओलीले चिनियाँ पाहुनालाई स्वागत गर्दै राष्ट्रपति सिको भ्रमणको तयारी भइरहेको र भ्रमण सफल रहनेमा विश्वस्त रहन आग्रह गर्नु भएको थियो ।

भेटका अवसरमा प्रधानमन्त्रीका साथ उनका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार डा. कुन्दन अर्याल लगायतको सहभागिता थियो । चिनियाँ पक्षमा नेता ताओका साथ नेपालका लागि चिनियाँ राजदूतको पनि उपस्थिति थियो ।

समाचार वर्गहरू