राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने

14

ललितपुर – “कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण” भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा हुन लागेको मेलामा एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण यन्त्रहरु तथा सेवाहरुको वारेमा जानकारी लिन सकिने आयोजकको बताएका छन् ।

प्रदर्शनीमा २० भन्दा बढी राष्ट्रको सहभागिता रहनुको साथै १०० वटा भन्दा बढि स्टल रहने तथा २ हजार भन्दा बढि प्रकारका कृषि यन्त्र औजार र उपकरण प्रदर्शन गरी १ लाख भन्दा बढिलाई अवलोकन गराउने लक्ष्य रहेको नेपाल कृषि मेशिनरी व्यवसायी संघले जनाएको छ ।

लक्षित बर्ग कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समुह, कृषि सहकारी सस्थां वैज्ञानिक, शिक्षक तथा विद्यार्थीहरुले नेपालमा भित्रीएको कृषि यन्त्र र उपकरणहरुको बारेमा जानकारी लिउन भन्ने हेतुले अवलोकनको लागि निशुल्क व्यवस्था मिलाईएको आयोजकको भनाई छ ।

प्रदर्शनीमा कृषि तथा पशुपन्छी विमास मन्त्रालय , कृषि विभाग , कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र भूमी व्यबस्था , कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ को सहयोग रहने आयोजकले जनाएको छ ।

पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनको नारायणघाट बाट सुरुवात भै दोस्रो बाकेंको कोहलपुर र तेस्रो धरान सुनसरी हुदै चौथो प्रदर्शनी चितवन भरतपुरको एक्स्पो सेन्टरमा हुन लागेको हो ।

मेला मंसिर ६ देखि ९ गते सम्म चितवन एक्स्पो सेन्टर भरतपुमा संचालन हुने छ ।

समाचार वर्गहरू