शिविर मार्फत हेलम्बु गाउँपालिकाका २५८ जनालाई नागरिकता

14

सिन्धुपाल्चोक–  जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले शिविर सञ्चालन गरी २ सय ५८ जनालाई नागरिकता वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा संचालन भएको नागरिकता वितरण तथा मतदाता नामावली संकलन शिविरमा  गाउँपालिकाका महिला १ सय १६ र पुरुष १ सय ४२ गरी २ सय ५८ जनालाई नागरिकता प्रदान गरेको हो ।

यस्तै, २ सय २७ जनाको मतदाता नामावली संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।

सेवाग्राहीहरुको हितलाई ध्यानमा राखेर सोही अवसरमा हेलम्बु गाउँपालिकाले आयोजना गरेको कृषि, पशु तथा स्वास्थ्य शिविर पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा ९० जना सेवाग्राहीहरुलाइ कृषि सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

१४० जना सेवाग्राही पशु स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, सोही अवसरमा आयोजित स्वास्थ्य शिविरमा १ सय ७० जना बिरामीहरुको निशुल्क उपचार गरिएको थियो ।

शिविरमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङ लगायत जिल्ला प्रशासन कार्यालयका चिकित्सक गृष्मा पोखरेल, बाली विकास अधिकृत उमादेवी श्रेष्ठ लगायतले सेवा प्रदान गरेका थिए ।

समाचार वर्गहरू