घूस रकम सहित नापी सर्वेक्षक पक्राउ

12

काठमाडौं – घूस रकम सहित नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घूस लिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग दश हजार रुपैयाँ घूसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित पोखरा महानगरपालिका ९ स्थित बुद्ध चोक नजिकैबाट रंगेहात नियन्त्रणमा लिई अख्तियारले जनाएको छ ।

सो विषयमा आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

समाचार वर्गहरू