(धनगढी) – कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–१ की कोरोना संक्रमित ६५ वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
उनी बिहीबार सेती प्रादेशक अस्पतालबाट डिस्चार्ज भएकी हुन् । लगातार दुई पटककाे काेराेना परीक्षणमा रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।
योसँगै सुदूरपश्चिम प्रदेशमा चारजना कोरोनालाई जितेर घर फर्किएका छन् भने नेपालमा निको हुनेको संख्या १०पुगेको छ ।
धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय पुरुष र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यस अघि नै घर फर्किसकेका छन्।