बजेट भाषणको प्रभाव : सुनको मुल्य २०५०० रूपैयाँले बृद्धि भई  प्रतितोला ३१११०० रूपैयाँमा कारोबार

3

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा) को एकल सरकारले जारी गरेको आर्थिक वर्ष २०८३/०८४ को बजेटसंगै त्यसको प्रत्यक्ष असर सुन बजारमा पर्न गएको छ । बजेट सार्वजनिक गरेपछि नेपाली बजारमा सुनको मुल्य आईतबार मात्र २० हजार ५ सय रूपैयाँले बढेर कारोबार भएको बताइएको छ ।

शनिबार प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन आइतबार २० हजार ५ सय रूपैयाँले बढेर प्रति तोला ३ लाख ११ हजार १ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार चाँदी प्रतितोला ५ हजार ३४५ रूपैयाँ मूल्यमा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।

समाचार वर्गहरू