नेकपाको स्थायी कमिटीको बैठक बस्दै

32
Nepal-Communist-Party office

(काठमाडौं) – नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटीको बैठक आज बस्दै छ । धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ ।

सरकारले जारी गरेका दुई अध्यादेश प्रकरणपछि आन्तरिक विवाद बढेकाले यो बैठक स्थगित गरिएको थियो । यसअघि बैशाख २५ का लागि बोलाइएको बैठक अघिल्लो दिन स्थगित भएको थियो ।

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न भन्दै २४ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यको कारण देखाउँदै उठेर हिँडेपछि बैठक अनिश्चित भएको थियो ।

बैशाख २५ गते नै केही स्थायी कमिटी सदस्यहरू पार्टी कार्यालय धुम्बाराहीमा भेला भएर बैठक बोलाउन माग गरेका थिए । यसअघि बैशाख १० गते २० जना स्थायी समिति सदस्यले बैठक माग राखी दुई अध्यक्षलाई पत्र पठाएका थिए ।

अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीको अध्यक्ष पपुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव नेपाल समूहले चर्को आलोचना गरेको थियो । दाहाल-नेपाल समूहका २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गर्दै आएका थिए ।

समाचार वर्गहरू