कपनको तेन्जिङ चोक आसपासमा आवतजावतमा पुर्ण रूपमा बन्देज

25

(काठमाडौं) – कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइ तेन्जिङचोक आसपासमा सिल गरिएको छ ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन तेन्जिङ चोक बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रमुख उद्धब खरेलले जानकारी दिए ।

पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ  । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जानकारी दिएको छ ।

युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो । युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि तेन्जििङचोक आसपास सिल गर्ने तयारी रहेको मेयर खरेलले जानकारी दिए ।

मेयर खरेलका अनुसारअहिले उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ । अन्य सम्बन्धित ब्यक्तिको परिक्षण जारी रहेकोले त्यो रिपोर्टका आधारमा आवस्यक निर्णय गर्ने बताए ।

समाचार वर्गहरू