प्रधानमन्त्रीमा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो – भट्टराई

24

(काठमाडौं) – जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपि शर्मा ओलीमा अल्पज्ञान र अहंकार ककटेल देखिएको टिप्पणी गरेका छन् । मंगलबार नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीले दिएको जवाफ सुनेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भट्टराईले प्रधानमन्त्री ओलीमा कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको पनि टिप्पणी गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्, ‘ प्रधानमन्त्रीको  ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन । कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीले लिपुलेकको नक्साको ब्याज भजाएर कुशासन चलाउने शैली अपनाएको पनि टिप्पणी गरेका छन् । उनले ओलीले शैलीले देशलाई बर्बादीमा लैजाने संकेत देखिएको बताए । ‘लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो !’

समाचार वर्गहरू