कोरोना संक्रमित भेटिएपछि टोखामा सिल

38

(काठमाडौं) – कोरोना भाइरसको संक्रमित भेटिएको काठमाडौंको टोखा नगरपालिका क्षेत्रलाई सिल गरिएको छ । का दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ६ स्थित एक घरमा भाडामा बस्ने दुई पुरुषमा सोमबार कोरोना संक्रमण देखिएको हो । उनीहरुमा संक्रमण देखिएसँगै सो क्षेत्रलाई सिल गरिएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै टोखा नगरपालिकाले आरडीटी र पीसीआर परिक्षणलाई तीब्रता दिएको छ ।

टोखाले हालसम्म ८ सय भन्दा बढी व्यक्तिको आरडीटी गर्दा १३ व्यक्तिमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

समाचार वर्गहरू