बुधबारको विदेशी विनियम दर, डलर सस्तो बन्दै

22

(काठमाडौं) –  पछिल्लो केहीदिन यता अमेरिकी डलरको भाउ घट्दै गएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी फैलिएपछि केहीसमय अघि उकालो लागेको डलरको भाउ अहिले विस्तारै ओरालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर यसप्रकार तोकेको छ । अमेरिकी डलर १ को खरिददर १ सय २० रुपैयाँ ७६ पैसा, बिक्रीदर १ सय २१ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

युरो मुद्रा १ को खरिददर १ सय ३२ रुपैयाँ २८ पैसा तथा बिक्रीदर १ सय ३२ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै, यूके पाउण्ड स्र्टलिङ १ को खरिददर १ सय ४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ७९ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर ८० रुपैयाँ ३१ पैसा रहेको छ । साउदी अरबियन रियाल १ को खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
कतारी रियल १ को खरिददर ३० रुपैयाँ १८ पैसार बिक्रीदर ३० रुपैयाँ ३५ पैसा तोकिएको छ ।

यूएई दिहम १ को खरिददर मूल्य ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४ पैसा कायम भएको छ । मलेसियन १ रिङगिटको खरिद मूल्य २७ रुपैयाँ ६८ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा रहेको छ । दक्षिण कोरियाली वान १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा बिक्रीदर ९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

जापानीज यन १० को खरिददर मूल्य ११ रुपैयाँ २३ पैसा र बिक्रीदर ११ रुपैयाँ २८ पैसा तोकिएको छ । केन्द्रीय बैंकले तोकेको आजको विनिमय र बिक्रीदरमा वाणिज्य बैंकले केही रकम थप गरेर मूल्य तोक्न सक्ने छन् ।

समाचार वर्गहरू