लोकतन्त्र र पत्रकारीता पुरस्कार “हाम्राकुरा”का प्रधानसम्पादक शिवाकोटीलाई

51

(काठमाडौं) – हाम्राकुरा प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

तेज तिर्थ ट्रष्टले प्रधानसम्पादक शिवाकोटीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको छनोट समिति सदस्य जगत नेपालले जानकारी दिए ।

एक लाख राशीको यो पुरस्कार सिवाकोटीसँगै राष्ट्रिय समाचार समितिकी पहिलो महिला महाप्रवन्धक वरिष्ठ पत्रकार निर्मला आचार्यलाई पनि प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ ।

दुई जनालाई संयुक्त रुपमा प्रदान गरिने भएकाले दुवै जनालाई जनही पचास हजार रुपैयाँ र  प्रमाणपत्र प्रदान गरिने नेपालले जनाए ।

यसअघि शिवाकोटीलाई अन्तर्राष्ट्रिय पत्रकारहरुको नेपाली संस्था इन्जाले एक हजार अमेरिकी  डलरको इन्जा साहसिक पत्रकार पुरस्कार प्रदान गरेको थियो ।

त्यस्तै शिवाकोटीले कानुन पत्रकारिता पुरस्कार पनि पाएका थिए । शिवाकोटी नेपाल प्रेस युनियनका महासचिवसमेत हुन् ।

समाचार वर्गहरू