भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’

14

(काठमाडौं) – नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ उपलब्ध गराएको छ । टेलिकमले यहि कात्तिक १ देखि लागू हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सेवा उपलब्ध गराएको हो ।

डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएको हुनु पर्नेछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी वा नेपाल टेलिकमको मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा लिन सक्ने टेलिकमले जनाएको छ ।

पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट लिन सक्ने जनाएको छ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु टेलिकमको एप मार्फत अथवा ग्क्क्म् ऋयमभ ८ज्ञद्धज्ञछ३ डायल गरी खरिद गरेमा प्याकको प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

उक्त प्याकहरु नेपाल टेलिकमको मोबाइल एप मार्फत तथा *१४१५# डायल गरी प्राप्त निर्देशन बमोजिम खरिद गरी प्रयोगमा ल्याउन सकिने टेलिकमले जनाएको छ । कम्पनीले गत भाद्र २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ ।

पर्वहरुको अवसरमा ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको हो । हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने छ ।

समाचार वर्गहरू