आईपीयूको सम्मेलनमा सहभागी भई अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

17

(काठमाडौं) – सर्बियाको बेलग्रेडमा अायाेजित अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी भई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फिर्ता भएका छन्।

सोमबार स्वदेश फिर्ता भएका अध्यक्ष तिमिल्सिनालाई राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरे।

महिला सांसद सदस्यहरुको बैठकमा प्रतिनिधिसभा सदस्य इन्दुकुमारी शर्मा तथा युवा सांसद सदस्यहरुको बैठकमा नेपालको तर्फबाट राष्ट्रिय सभा सदस्य बद्रीप्रसाद पाण्डेले भाग लिएका थिए ।

नेपालकाे प्रतिनिधिमण्डलमा राष्ट्रिय सभा सदस्यहरु खिमलाल भट्टराई र बद्रीप्रसाद पाण्डे तथा प्रतिनिधि सभा सदस्यहरु देवप्रसाद तिमिल्सिना, इन्दु कुमारी शर्मा र रुही नाज सहभागी थिए ।

त्यसैगरी संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल र प्रेस विज्ञ अशोक पौडेल पनि प्रतिनिधिमण्डलमा सहभागी थिए।

यसैबीच भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिना नेतृत्वकाे प्रतिनिधिमण्डलले सर्बियाका प्रधानमन्त्री, सभामुख लगायत विभिन्न उच्चस्तरीय भेटघाट गरेकाे थियाे।

समाचार वर्गहरू