काठमाडौं । सरकारले पठाएका अध्यादेशबारे निर्णयमा हतार नगर्न कानुनविद्ले राष्ट्रपति रामचन्द्र पौडेललाई सुझाव दिएका छन्। राष्ट्रपति पौडेलले बिहीबार अध्यादेशबारे संविधानविद् र कानुनविद्सँग छलफल गरेका थिए।
त्यसका क्रममा कानुनविद्ले निर्णयका लागि हतार नगर्न सुझाव दिएका हुन्। छलफलमा सहभागी कानुनविद् पूर्णमान शाक्यले सोचविचार गरेर निर्णयमा पुग्न सुझाव दिएको बताए।
‘अध्यादेश जारी गर्ने विषयमा हतारमा निर्णय नगर्न सुझाव दिएका छौँ,’ छलफलपछि शाक्याले नेपालखबरसँग भने। राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा कानुनविद्हरू बद्रिबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, भिमार्जुन आचार्य र टिकाराम भट्टराई सहभागी थिए।