नेकपएमसिसी बारे छलफल गर्न नेकपा सचिवालय बैठक सोमबार बस्दै

21

(काठमाडौं) – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सोमबार बस्ने भएको छ।

नेकपा सचिवालय बैठकमा लामो समयदेखि विवादमा तानिएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल हुने छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सोमबार दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझाव अनुसार अगाडि बढ्नुपर्ने अडानमा छन् भने प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्षओलि एमसिसी पास गर्नुपर्ने अडानमा छन् ।प्रचण्डसहितका नेताले कार्यदलले बनाएको प्रतिवेदनमाथि स्थायी समितिमा छलफल गर्नुपर्ने अडान राख्दै आएका छन्। नेकपामा नेताले पार्टी स्थायी समिति बैठकको माग लामो समयदेखि गरे पनि ओली तयार भएका छैनन्।

विधानत तीन महिनामा स्थायी समिति बैठक बस्ने नियमित प्रक्रिया पनि हो। न सदस्यले माग गरे अनुसार नेकपाले बैठक बोलाउन सकेको छ, न विधानको नियमित प्रक्रिया अनुसार नै बैठक बसेको छ। विधान मान्ने हो भने पार्टी कमिटीका २५ प्रतिशत नेताहरूले लिखित माग गरेमा केन्द्रीय कमिटीको एक महिनाभित्र र मातहात कमिटीको बैठक १५ दिनभित्र बोलाउनु पर्छ।

एमसिसी बारे पार्टीमा तिब्र विवाद चर्केपछी नेकपाले यसअघिनै वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र नेता भीम रावल सदस्य रहेको एमसिसी अध्ययन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले तयार पारेको प्रतिवेनमा एमसीसी परिमार्जन गरेर मात्र संसद बाट पारित गर्नुपर्ने सुझाव दिइएको छ।

समाचार वर्गहरू