भदौ १७ गतेसम्म निषेधाज्ञा थप गर्न डिसीसीएमसीको सिफारिस

25
snªsL :joDe" ;8s sf7df8f}F, !! r}t . ljZje/ km}lnPsf] sf]/f]gf efO/; -sf]le8–!(_ sf] ;+qmd0f Go"gLs/0f ug{ ;/sf/n] dªunaf/b]lv u/]sf] …ns 8fpgÚ sf sf/0f ;''g;fg snªsL b]lv :joDe" ;Ddsf] ;8s If]q . t:jL/ M k|bLk/fh jGt, /f;; . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौँ – उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु सहभागी बैठकले यस्तो सिफारिस गरेको काठमाडौं जिल्ला प्रशासनका एक अधिकारीले बताए ।

उनका अनुसार मंगलबार दिउसो बसेको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । जिल्ला प्रशासन काठमाडौंका एक अधिकारीका अनुसार गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक राय सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसीसीएमसीमा जनप्रतिनिधिहरु पनि सहभागी हुन्छन् ।

यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका क्रममा अत्यावश्यक कामबाहेकमा पनि मानिसहरुको आवतजावत नरोकिएको र उपत्यकामा कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकोले कडाई गर्ने तयारी पनि प्रशासनको छ ।

समाचार वर्गहरू