स्थायी समिति बैठकमा जम्मा २० मिनेट बसेर बाहिरिए ओलि

21

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक जारी छ। बालुवाटारमै बसेको बैठकबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बाहिरिकएका छन् । उनी बैठकको सुरुआती २० मिनेट मात्रै बसे ।

उनी बाहिरिएसँगै बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी रहने छ। प्रधानमन्त्री ओली सहमतिमै बाहिरिएकाे एक स्थायी समिति सदस्यले जानकारी दिए।

बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डको साझा प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ। उक्त प्रस्ताव बुधवार नै स्थायी समिति सदस्यहरुलाई इमेलमार्फत् पठाइएको छ।

समाचार वर्गहरू