पहिरोले पृथ्वी राजमार्गमा २ गाडी पुरियो

25

धादिङ -धादिङको गजुरी गाउँपालिका वडा न ५ गलौदीमा पहिरो जादा पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । पहिरोले बुधबार बिहान २ वटा गाडी पुरिएको छ । काठमाडौबाट धनगढी जाँदै गरेको ना ६ ख ६४०८ नम्बरको कन्टेनर र काठमाडौ जाँदै गरेको एचआर ३३ ९९०१ नम्बरको भारतीय गाडीमा क्षति पुगेको छ ।

पहिरोले राजमार्ग पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक बिभागको गजुरी फिल्ड कार्यलयबाट पहिरो पन्छाउनको लागि डोजर परिचालित गरिएको गजुरि प्रहरीले जानकारी दिएको छ  । प्रहरीका अनुसार पानी परिरहेकोले तत्काल पहिरो पन्छाउने कार्य शुरु गर्ने अवस्था छैन ।

 

समाचार वर्गहरू