सुपर कपको उपाधि बायर्न म्युनिखले उचाल्यो

22

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले सिजनको पहिलो उपाधिको रुपमा यूइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियामाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै बायर्न सुपर कप च्याम्पियन बनेको हो ।

खेलमा अग्रता सेभियाले १३ औं मिनेटमा लुकास ओकम्पोसको पेनाल्टी गोलमा लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाँएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।

बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र जेभियर मार्टिनेजले एक/एक गोल गरे । सेभियाका लागि लुकास ओकम्पासले सानत्वना गोल फर्काए ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा जेभियर मार्टिनेजले गोल गर्दे बायर्नलाई जित दिलाए ।

प्रशिक्षकमा हान्स फ्लिक आएयता बायर्नले जितेको यो चौथो उपाधि हो । यस्तै कोभिड-१९ महामारीबीच दर्शकसहित भएको यो पहिलो ठूलो युरोपेली खेल पनि रह्यो । बायर्नले गत महिना मात्र च्याम्पियन्स लिगको उपाधि उचालेको थियो । जर्मन क्लबले आफ्नो जितको यात्रालाई २३ खेलसम्म पुऱ्याएको छ ।

समाचार वर्गहरू