काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बोलाउने सहमति भएको हो।
प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले आपत्ति जनाएका छन्। बिहीबार सरकारले अमेरिकाको लागि डा। युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।