मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण भएको छ ।
पौडेललेका प्रेस संयोजक प्रकाश दाहालका अनुसार केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि उनी होम आइसोलेशनमा बसेका थिए ।
हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्टमा मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीका प्रेस संयोजक दाहालका अनुसार काठमाडौंबाट हेटौंडा फर्किएपछि सामान्य रुघाखोकी देखिएपछि बुधबार मुख्यमन्त्री पौडेलको स्वाब परीक्षण गरिएको थियो ।
पौडेलसँगै मुख्यमन्त्रीकी पत्नी विजया पौडेल, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण भएको छ ।