नेकपा आपसी झडपमा गम्भीर घाइते कार्यकर्ताको मृत्यु

29

काठमाडौं – पर्सामा झडपमा परी घाइते नेकपाका एक कार्यकर्ताको मृत्यु भएको छ । बिन्दवासिनी गाउँपालिकामा बिहीबार भएको झडपमा गम्भीर घाइते मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको छ ।

चौरसिया विन्दवासिनी गाउँपालिकाका सचिव हुन् । वीरगञ्ज पानीट्याङ्कीस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मुकेशको मृत्यु भएको हो ।

बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा पुर्व माओवादी र पुर्व एमाले समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।

समाचार वर्गहरू