बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र पर्यटकका लागि खुला

21

कपिलवस्तु – कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि बन्द भएको बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्र बुधबारदेखि पर्यटकका लागि खुला गरिएको छ ।

सरकारले पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनी पनि खुला गरिएको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी क्षेत्र खुला भएपनि मायादेवी मन्दिरभित्र भने प्रवेश नपाइने बताए ।

उनका अनुसार मायादेवी मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करिणी पोखरी र बगैंचा खुला रहने छन् । मायादेवी मन्दिर परिसरमा प्रवेश गर्ने पर्यटकले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र प्रवेश गर्नु अघि तापक्रम मापन गरेर मात्रै प्रवेश दिइने छ ।

पर्यटकले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर लुम्बिनीका अरु विहार र मन्दिरहरुमा पनि घुमघाम गर्न सक्नेछन् । लकडाउनको सदुपयोग गर्दै लुम्बिनी विकास कोषले अहिले लुम्बिनी क्षेत्रभित्र सरसफाई, मर्मत सम्भार, वृक्षारोपण र सौन्दर्यीकरणका काम गरेको छ ।

लुम्बिनी परिसर बाहिर रहेको महिलवारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इँटा बिछ्याएर चिटिक्क बनाएको छ ।

समाचार वर्गहरू