रेशम चौधरीलाई जन्मकैद सजाय तोकिनु खेदजनक -डा. भट्टराई

28

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजाय तोकिनु खेदजनक विषय भएको बताएका छन्। चौधरीलाई जन्मकैदको सजाय गरेको जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले सदर गरेसँगै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।

उत्पीडित थारु जातिको मुक्ति अभियानमा लागेका नेताहरुलाई पुन दोषी ठहर गर्नु दु:खद विषय भएकोसमेत उनको भनाई रहेको छ। सामाजिक सञ्जाल ट्विटरमा बिहीवार राति भट्टराईले लेखेका छन्, ‘सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका नेपालको सम्भवत: सबभन्दा पुरानो तर अत्यन्त उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुन: दोषी ठहर गर्नु अत्यन्त दु:खद छ!’

उनको ट्विट –

 



समाचार वर्गहरू