राष्ट्रपतिको कदमबिरुद्ध सर्वोच्चमा रिट

20

काठमाडौं – सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध आइतवार सर्वाेच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि अधिवक्ताद्वय लोकेन्द्र वली र केशरजंग केसीले सर्वोच्चमा रिट पेश गरेका हुन् ।

आज पेश भएको रिट सोमबार मात्रै दर्ता हुने भएको छ । आइतबार पेश भएको रिट दर्ताको प्रक्रियामा रहेको छ । सर्वोच्च अदालतले अध्ययन गरेर दर्ता गर्ने जनाएको रिट निवेदक वलीले बताए ।

समाचार वर्गहरू