‘प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट हटाइयो’

14

(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य हिजोको भन्दा सुधार देखिएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । “बिहान मात्र भेन्टिलेटर हटाइएको छु, अस्पताल श्रोतले भन्यो, प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।”

त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । हिजोदेखि नै प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरमा राखिएको थियो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।

एपेन्डिक्स दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए । डाक्टर रमेशसिंह भण्डारीको टिमले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण भएको थियो ।

समाचार वर्गहरू