पुल्चोकमा प्रचण्ड, फकिएलान त बादल ?

21

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादल भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन्। पछिल्लो नेकपा विवादमा प्रधानमन्त्री ओलीको साथमा रहेका बादललाई फकाउन प्रचण्ड मन्त्री निवास पुल्चोक पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेसँगै उक्त कदम असंवैधानिक भएको आरोप लगाएर सात जना मन्त्रीले राजीनामा दिइसकेका छन्। राजीनामा दिने सबै नेताहरु प्रचण्ड माधव नेपाल पक्षका हुन्। पूर्व माओवादी कोटाबाट मन्त्री बनेका बादल र लेखराज भट्टले समेत प्रधानमन्त्री ओलीलाई साथ दिएपछी तरङ्गीत बनेका प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादललाई फकाउने प्रयत्नमा छन् ।

पार्टी जोगाउन अन्तिमसम्म लागिपरेका भन्दै ओली र प्रचण्ड नेपाल पक्षका नेताहरु बताइरहँदा एकता तोडिने चरणमा पुगेको छ। यही मेसोमा ओलीले आफ्नो पक्षको केन्द्रीय समिति बालुवाटारमा डाकेको छ भने प्रचण्ड माधव पक्षले बबरमहलमा।

केन्द्रीय समितिअघि नै आफ्नो समर्थन कसलाई रहन्छ भनी बुझ्न प्रचण्ड बादल भेट्न पुल्चोक पुगेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।

 

समाचार वर्गहरू