करातेको महिला टिम कातामा नेपाललाई स्वर्ण

15

(ललितपुर) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेको महिला टिम कातामा नेपाली टिमले स्वर्ण दिलाएका छन् । नेपाली टिममा निर्मला तामाङ, संगिता मगर र सरु कार्की थिए ।

ललितपुर सातदोबाटोस्थित कराते हलमा फाइनलमा नेपालले २४ दशमलव ८८ अंक ल्याउँदै स्वर्ण पदक जितेको हो । रजत जितेको पाकिस्तानले २३ दशमलव ३ अंक प्राप्त गर्यो । योसँगै आयोजक नेपालले स्वर्ण संख्या ३ पुगेको छ ।

फाइनलमा नेपालले २४ दशमलव ८१ अंक ल्यायो भने पाकिस्तानले २३ दशमलव ३ ल्याएको थियो । त्यसअघि समूह चरणमा नेपाली टिमले २४ दशमलव ७४ अंक ल्याएर फाइनलमा स्थान बनाएको थियो । पाकिस्तानी टिमले २५ दशमलव १४ अंकका साथ स्वर्णका लागि भेट पक्का गरेको थियो ।

समाचार वर्गहरू