१४ औं महाधिवेशनबाट निर्वाचित भएका प्रत्येकलाई समेटेर जान आफू तयार छु : कांग्रेस सभापति थापा

4

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएका प्रत्येकलाई समेटेर जान आफू तयार रहेको बताएका छन् । विशेष महाधिवेशनमा सहभागी थियो वा थिएन भन्ने आधारमा व्यवहार नहुने उनको प्रतिबद्धता छ ।

आइतबार आयोजित अन्तरक्रियामा सभापति थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित भएका नेताहरूको ठूलो पङ्ति बाहिर रहेको उल्लेख गरेका हुन । उनले भने, ‘१४ औँ महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय समितिमा ल्याएर मानका साथ सँगै लिएर काम गर्न चाहन्छु । यो मेरो प्रस्ताव हो ।

वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, अन्यलाई यथोचित जिम्मेवारी दिन तयार छु । विशेष महाधिवेशनमा आएको थियो वा थिएन भन्ने आधारमा अवसरको वितरण हुँदैन । एउटा निर्णय पनि विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन ।’

सभापति थापाले पार्टीको महाधिवेशनका लागि बनाइएका समितिहरूमा पनि को–को राख्दा निष्पक्ष हुन्छ, त्यसमा आफू लचक रहेको उनले उल्लेख गरे । समितिमा बस्न चाहनेहरूलाई जुनसुकै माध्यमबाट नाम पठाउन पनि थापाले आग्रह गरे ।

समाचार वर्गहरू