प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने सपथविरूद्धको रिटमाथिको सुनुवाई आज हुँदै

12

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको मुद्दामा मंमलबार सुनुवाई हुनेभएको छ । प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएको भन्दै उनलाई पुनः शपथ गराउन माग गरिएको रिटमाथि आज सर्वोच्मा सुनुवाई हुने भएको हो ।

सोमबार  सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेको भन्दै हालेको रिट उपर आज (मंगलबार) सुनुवाइ हुनेगरी पेशी तोकिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति विद्यादेवी भण्डारीले दोहोर्‍याएकी थिइन्। तर प्रधानमन्त्री ओलीले उल्टै आदेशात्मक ढंगले त्यो पर्दैन भनेका थिए ।

प्रधानमन्त्रीले शपथ लिँदा राष्ट्रपतिले उच्चारण गर्न आग्रह गरेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ‘त्यो पर्दैन’ भनेर उच्चारण गर्न इन्कार गरेका थिए । प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ भन्ने शब्दले राष्ट्रपति संस्थाको मानमर्दन गरको रिट निवेदकले जिकिर गरेका छन् ।

समाचार वर्गहरू