घूस सहित सर्लाहीबाट दुई प्रहरी पक्राउ

22

(सर्लाही) – घूस सहित सर्लाहीबाट दुईजना प्रहरी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले

नेपाल–भारत सीमा नजिकै रहेको सर्लाहीकाे ब्रम्हपुरी गाउँपालिका त्रिभुवननगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) र एक प्रहरी जवानलाई ५० हजार रूपैयाँ घूस सहित पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सई राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव छन् ।

भारतबाट नेपालमा अवैध रूपमा समान ओसार्नमा सहज गरिदिने भनेर घुस लिएको अवस्थामा रङ्गेहात सिंह र यादवलाई पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।

सिंहले प्रहरी जवान यादवलाई प्रयोग गरी घुसवापत सो रकम मागेको टोलीले जनाएको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि महोत्तरीको बर्दिवासस्थित कार्यालय लगिएको छ ।

समाचार वर्गहरू