देउवा पक्षलाई दश तिर भेला गर्न छोडेर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भेला गर्न संस्थापन पक्षको आग्रह

4
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले अहिले पार्टी इतिहासको चुनौतीपूर्ण राजनीतिक मोडमा उभिएको बताएका छन्। पार्टीले विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गरिसकेको अवस्थामा पक्ष विपक्षमा बहस गर्नुको औचित्य नभएको उनको भनाइ छ।

उनले भने, ‘यस परिवर्तनलाई राज्यको संवैधानिक अङ्ग निर्वाचन आयोगले तत्कालै र सम्मानित सर्वोच्च अदालतले समेत केही दिन अघि नै वैधानिक ठहर गरिसकेको छ। यस परिप्रेक्ष्यमा अब विशेष महाधिवेशन र परिवर्तित नेतृत्वका विषयमा पक्षरविपक्षमा बहस गर्नुको कुनै औचित्य छैन।

अहिलेको सबैको दायित्व, जिम्मेदारी र कर्तव्य पार्टीलाई एकताबद्ध राख्ने तर्फ अग्रसर हुनु नै भएको बताए। उनले थपे, ‘हामी सबै सचेत र गम्भीर बनौँ । विगतका आपसी मतभेद र कटुतालाई भुलेर आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पार्टीको १५औँ महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न क्रियाशील बनौँ।’

उनले पार्टीका असन्तुष्टि पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहलाई पार्टी केन्द्रीय कार्यालयमा छलफलको लागि स्वागत गर्न तयार रहेको बताएका छन्। उनले भने, ‘हामी पार्टीका सम्पूर्ण अग्रज, नेता तथा सबै साथीहरूलाई केन्द्रीय कार्यालय सानेपामा स्वागत गर्न तयार र आतुर छौँ। सबै भेला, छलफल यहीँ गरौँ र पार्टीको बृहत्तर एकतालाई कमजोर हुन नदिऔँ।’

समाचार वर्गहरू