यी हुन् सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीहरु

25

काठमाडौं – नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्यो । नेपालमै भएको यो सँस्करणको साग नेपालका लागि निकै सफल रह्यो । दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने सागमा नेपालले इतिहासमै पहिलो पटक सबैभन्दा बढी स्वर्ण हात पार्यो । मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन भएको सागमा नेपालले कुल ५१ स्वर्णसहित २०६ पदक जितेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले स्वर्णमा अर्धशतक कटाएको यो पहिलो पटक हो ।

यी हुन् नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडीहरु :

कराते :
मण्डेकाजी श्रेष्ठ (एकल काता)
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर (टिम काता, पुरुष )
निर्मला तामाङ, संगिता मगर, सरु कार्की (टिम काता ,महिला)
लक्ष्मण तामाङ (५५ केजी, कुमुते)
विप्लवलाल श्रेष्ठ (८४ केजी माथि)
सुनिता महर्जन (६८ केजी)
अनुपमा मगर (६८ केजी)
नवीन रसाइली (६७ केजी)
अनु अधिकारी (५० केजी मूनि)
कुसुम खड्का (४५ केजी मुनी)

तेक्वान्दो :
कमल श्रेष्ठ (२३–२९ वर्ष पुम्से )
सिना मादेन लिम्बु ( १७ –२३ वर्ष पुम्से )
पार्वती गुरुङ (२३ –२९ वर्ष पुम्से )
आयशा शाक्य (२९ वर्ष माथि पुम्से )
आयशा शाक्य र सञ्जिकुमार पाण्डे (२९ वर्ष माथि पुम्से )
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना (महिला टिम १७–२३ वर्ष टिम पुम्से)
निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (महिला टिम २३–२९ वर्ष टिम पुम्से)
काजल श्रेष्ठ (४६ केजी मुनि गेरुगी)
वीरबहादुर महरा (६८ केजी मुनि गेरुगी)
संगीता बस्याल (६२ केजी मुनि गेरुगी)
सक्षम कार्की (८७ केजी गेरुगी)
भुपेन श्रेष्ठ (८७ गेरुगी)

उसु :
विजय सिन्जाली (थाउलो)
सुस्मिता तामाङ (थाउलो)
दीपक हमाल (थाउलो)
निमा घर्तीमगर (थाउलो(नान्दौ)
जुनी राई (सान्डा सान्सो)

एथलेटिक्स :
सन्तोषी श्रेष्ठ (१० हजार मिटर)
गोपीचन्द्र पार्की (५ हजार मिटर )
किरण सिंह बोगटी (म्याराथन)

बक्सिङ :
सनिल शाही (पुरुष ६० केजी)
मिनु गुरुङ (महिला ४८ केजी)
भुपेन्द्र थापा मगर (पुरुष ६४ केजी )

जुडो :
पुनम श्रेष्ठ (महिला ७८ केजी मुनि)
देविका खड्का (महिला ५२ केजी मुनि)

ट्रायथलन :
सोनी गुरुङ
हिमाल टमाटा

साइक्लिङ :
राजेश मगर (डाउनहिल)
निश्मा श्रेष्ठ (डाउनहिल)
लक्ष्मी मगर (क्रस कन्ट्री)
वुद्धि बहादुर तामाङ (क्रस कन्ट्री)

पौडी :
गौरिका सिंह (२ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (४ सय मिटर फ्रिस्टाइल)
गौरिका सिंह (२ सय मिटर ब्याकस्ट्रोक)
गय्रिका (१०० मिटर फ्रिस्टाइल)

भारोत्तोलन :
सन्जु चौधरी (५९ केजी )
विकास थापा (पुरुष ८९ केजी तौल )

गल्फ :
सुवास तामाङ (पुरुष एकल)
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की, निरज तामाङ (पुरुष टिम इभेन्ट्स )

कुस्ती :
संगीता धामी

फुटबल :
पुरुष फुटबल

समाचार वर्गहरू