एमालेभित्रका २३ जनाको गद्दारीले एमाले सरकार ढल्यो – सुर्य थापा

11

काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमालेभित्रका २३ जनाको गद्दारीले एमाले सरकार ढलेको आरोप लगाएका छन् ।

बुधबार बिहानै ट्‍वीट गर्दै थापाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको भनेका छन् ।

‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला !’, थापाले ट्‍वीटमा भनेका छन् ।

‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ भन्दै उनले सरकार ढाल्ने २३ नेताको नामसमेत सार्वजनिक गरेका छन् ।

समाचार वर्गहरू