राष्ट्रिय वाणिज्य बैंक , फियनको आन्दोलनमा जाने चेतावनी

14

काठमाडौ – नेपाल वित्तीय संस्था कर्मचारी संघ ( फियन ) राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ध्यानाकर्षण गराउदै संस्थागत सुधार एवं अन्यायमा परेका कर्मचारीको हकहित र अधिकारकोलागी आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

फियनले करार कार्यविधी विपरीत अनावश्यक रूपमा करारमा राखिएका कर्मचारीहरु तुरुन्त हटाउनुपर्ने , अपारदर्शी र राजनीतिक पुर्वाग्रह राखी गरिएका सरुवा रद्ध गर्नुपर्ने , दरबन्दीको निर्धारण गरि कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने माग उठाएका छन् ।

दैनिक ज्यालादारी र करारमा कार्यरत कर्मचारीहरुको पुरानो सहमति बमोजिम कार्यान्वयन गर्नुपर्ने , कर्मचारीको वृती विकासमा अवरोध बन्द गर्नुपर्ने एवं बैंक भित्रको आन्तरिक नियन्त्रण प्रणाली र सुशासनलाई चुस्त, दुरुस्त बनाउनु पर्ने माग रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक , फियनका अध्यक्ष गगन सिंह घिमिरेले फियनले राखेको माग यथाशीघ्र सम्बोधन नगरिए आन्दोलनमा जानुको विकल्प नरहेको जानकारी दिए ।

समाचार वर्गहरू