असोज पहिलो साता सरकारले पूर्णता पाउँछ – प्रचण्ड

14

धनुषा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले असोज पहिलो हप्ताभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

शनिबार जनकपुरमा नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को प्रशिक्षण कार्यक्रमको समापनपश्चात् आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले असोज ४/५ गतेभित्र सरकारले पूर्णता पाउने बताए ।

आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको उनले बताए । एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले बताए ।

संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा गर्दै उनले यो गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने उनले बताए ।

प्रचण्डले आफूहरू एमसिसीविरुद्ध नरहेको तर परिमार्जनसहित सर्वदलीय संयन्त्रबाट मात्र एससिसी पास गर्नुपर्नेमा जोड दिए । अघिल्लो सरकारका अर्थमन्त्रीले एमसिसी बिगारेका कारण पछिल्लो अवस्था सिर्जना भएको ‘प्रचण्ड’को भनाइ थियो ।

उनले एमसिसीमा परिमार्जन र संशोधन गरेर राष्ट्रिय सहमति बनाएर मात्र अगाडि बढाउन सकिने बताउँदै यसको लागि हतार गर्न नहुने बताए ।

समाचार वर्गहरू