काठमाडौं – केलियन एम्बाप्पेले अन्तिम समयमा गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा पुनरागमन जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीका लागि एम्बाप्पेले अन्तिम समयमा गोल गर्दै टिमलाई जित दिलाए ।
३६ औँ मिनेटमा फुल्गिनीको गोलबाट एन्जर्सले सुरुवाति अग्रता लिएको थियो । ६९ औँ मिनेटमा डानिलोले पिएसजीका लागि बराबरी गोल फर्काए ।
८७ औँ मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेले गोल गरी पिएसजीलाई जित दिलाएका हुन् । जितसँगै शीर्ष स्थानको पीएसजीले १० खेलमा २७ अंक जोडेको छ । पराजित एन्जर्स १६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।