निर्वाचन आयोगको निर्देशन – सिधा सम्पर्कमा तयार रहनु

8

काठमाडौं – निर्वाचन आयोगले ३० वैशाखमा गते हुने स्थानीय तहको चुनावमा सहयोगको लागि सबै तहका सरकार र निकायसँग सिधा सम्पर्क गर्नसक्ने भन्दै तयार रहन निर्देशन जारी गरेको छ ।

बुधबार आयोगको निर्देशनबारे सबै स्थानीय तह, विभाग, आयोग, आयोजना, प्रतिष्ठान र समितिलाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले निर्वाचनको लागि आवश्यक पर्दा सोझै सहयोग लिन सक्ने निर्देशनबारे जानकारी गराएको हो ।

आयोगका उपसचिव कमल ज्ञावली जारी गरेको निर्देशन अनुसार आयोगले मागेको कर्मचारी सम्बन्धित कार्यालयले नपठाए निर्वाचन ऐन २०७३ को दफा ४४ बमोजिम कारबाही समेत हुने जनाएको छ ।

यस्तो छ निर्देशनको परिपत्र

समाचार वर्गहरू