‘अरिंगाल भनेको के हो चुनावका बेला थाहा हुन्छ’ – ओली

9

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले अबको निर्वाचनमा एकल दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।अध्यक्ष ओलीले त्यसका लागि पहिले आगामी स्थानीय तहको चुनाव जितेर देखाउने दाबी गरे ।

नेकपा एमाले पर्वतले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको चुनाव लक्षित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिले गभर्नर आफ्नो मान्छे नभएकोले निलम्बन गरे । आफ्नै भाइलाई राष्ट्रिय सभाको सदस्य बनाए । सम्धीका साडुलाई मन्त्री बनाए । आफन्तलाई राजदूत बनाएर पठाएका छन् । आफन्त पोस्ने जनताको अधिकार खोस्ने । यीनीहरुको काम त्यही हो । त्यसकै लागि गठबन्धनको सरकार बनाएका हुन् ।’

यसअघि अरिंगालको कुरा गर्दा आलोचना भएको प्रसंग निकाल्दै नेता ओलीले भने, ‘मैले केही समयअघि नेकपा एमालेलाई टोक्न नखोज । अरिंगाले त गोलो चलायो भने टोक्छ भने एमालेलाई चलायो भने त्यसको दुर्गति हुन्छ भनेको थिएँ । निकै अरिंगालको कुरा गरे । अरिंगाल भनेको के हो चुनावका बेला थाहा हुन्छ ।’

आफूले उतिबेला बोलेका कुरा अहिले पनि स्मरण गरिरहेको भन्दै उनले भने ‘मैले पाँच वर्षअघि यहीं उभिएर भनेको कुरा हिजो एकजना पत्रकारले सोध्नुभयो । खोइ रेल भनेर ? केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र मध्य नेपालमा रेल ल्याउनका लागि सर्भे गरेका छौं । रेल ल्याउने कुरा एकदुई दिनमा हुने हो र ? धागो तानेजस्तो हो रेल ल्याउने कुरा ? देख्नु भएन जनकपुरमा रेल ?’ उनले भनेका थिए ।

समाचार वर्गहरू