काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकलाई यही माघ २७ गते सम्बोधन गर्ने भएकी छिन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले माघ २७ गते दिउँसो ३ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुने जानकारी गराएका हुन् ।
उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्का दुवै सदनका सांसदहरुलाई २:४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन उनको आग्रह छ । उनले राष्ट्रपति भण्डारीले संयुक्त सभालाई ३ बजे सम्बोधन गर्ने जानकारी दिए ।
नेपालको संविधानको धारा ९५ बमोजिम २०७९ साल माघ २७ गते शुक्रबार दिनको ३ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताएका थिए ।