रौतहटबाट भागेका अभियुक्त काठमाडौँबाट पक्राउ

15

काठमाडौं – रौतहटबाट फरार भएका एक अभियुक्त काठमाडौँबाट पक्राउ परेका छन्।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट गरुडा नगरपालिका ९ सिसवाका २७ वर्षीय शिव शंकर कुमार यादव काठमाडौँमा पक्राउ परेका हुन्।

कुटपिट गरी कर्तव्य ज्यान घटनामा संलग्न रही फरार रहेका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले ललितपुर ग्वार्कोबाट पक्राउ गरेको हो।

गत २०७९ असोज २६ गते गरुडा – ९ सिसवास्थित सार्वजानिक सडकमा यादव समेतका ब्यक्तिहरुले ५२ वर्षीय छबिलाल साहलाई कुटपिट गरेका थिए। उनिहरुको कुटपिटबाट गम्भीर घाइते भएका शाहको नारायणी बयोधा शिक्षण अस्पतालमा उपचार क्रममा कात्तिक १८ गते मृत्यु भएको थियो।

पक्राउ परेका यादवलाई आवश्यक कानूनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय गरुडा रौतहट पुर्‍याइएको प्रहरीले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू