सन्दीपविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज

12

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतको आदेशविरुद्धमा क्रिकेट खेल्नका लागि विदेश जान पाउनुपर्ने माग राख्दै दायर गरेको मुद्दाको अन्तिम फैसला आज हुने भएको छ।

शुक्रबार सर्वोच्च अदालतबाट आदेश नआएपछि हेर्न नभ्याइनेमा राखेर आजका लागि अन्तिम सुनुवाइ तोकिएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो।

महान्यायाधीवक्ताको कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको थियो । निवेदनमा गम्भीर अपराधको मुद्दामा थुनामै राखेर मुद्दा प्रक्रिया अगाडि बढ्नु पर्ने भनिएको छ । आजको सुनुवाइ यसै विषयमा केन्द्रीत हुने बताइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू