काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ । दिउँसो १ बजेदेखि बैठक बस्ने संघीय संसदको महासचिव डा. भरतराज गौतमले बताए ।
महासचिव गौतमका अनुसार आइतबारको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने छन् ।
यस्तै, सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने छन् ।