तिनै क्षेत्रका उपनिर्वाचनमा क्लिनस्वीप गर्ने भन्दै कस्सिए रास्वपाका ‘तीन भाइ’

11

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन हुने तीनै क्षेत्रमा ‘क्लिनस्वीप’ गर्ने दाबी गरेको छ । शनिबार तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार तय गर्दै रास्वपाले उपनिर्वाचनमा तीनै सिट जित्ने दाबी गरेको हो ।

पार्टीले चितवन-२ मा सभापति रवि लामिछाने, तनहुँ-१ मा अर्थविद् डा. स्वर्णिम वाग्ले र बारा-२ मा पूर्वएआइजी रमेश खरेललाई टिकट दिएको छ । पत्रकार सम्मेलनमा तीनै उम्मेदवारले सम्बन्धित क्षेत्रमा आफूहरू विजयी हुने दाबी गरे ।

सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनावपछि ‘तीन भाइ’ (तीनैजना)जितेर घण्टाघरमा विजय उत्सवमा पत्रकार सम्मेलन गर्ने उद्घोष गरे । आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौँ क्षमतावान् मानिसहरू जोडिने भन्दै लामिछानेले आउँदो चुनावपछि बहुमतको सरकार बनाउने परिकल्पना आफूले गरेको बताए ।

वैशाख १० गते प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ-१ मा सत्ता गठबन्धनका तर्फबाट गोविन्द भट्टराई उम्मेदवार छन् एमालेले सवेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन-२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्दा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू