बिउँतियाे सांसद विकास कोष, हरेक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँ

3

काठमाडौं – सरकारले सांसद विकास कोष बिउँताएकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेटबाट हटेको सांसद विकास कोष अहिले पुनः बिउँतिएकाे हो ।

अब हरेक निर्वाचन क्षेत्रमा पाँच करोड रुपैयाँका दरले रकम विनियोजन हुने भएको छ । यसबाट एउटा आयोजनाका लागि एक करोड रुपैयाँभन्दा धेरै खर्च गर्न पाइने छैन । सांसद विकास कोषका लागि आठ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

उक्त निर्णयको सांसद् सुमना श्रेष्ठले विरोध गरेकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रेष्ठले प्रोजेक्ट म्यानेजर बनाउने खोजिएको भन्दै विरोध गरेकी हुन्।

बजेटकै बीचमा उनको प्रतिक्रिया छ, ‘गलत, गलत, गलत निर्णय। सांसदको काम के हो अर्थमन्त्रीज्यू? किन भौतिक प्रोजेक्टको म्यानेजर बनाउन खोज्नभएको? किन स्थानीय सरकारको कार्य गर भन्ने? किन चुनाव लक्षित बजेट? नीतिगत भ्रष्टाचार लाग्छ- सांसद विकास कोष।’

प्रति निर्वाचन क्षेत्र ५ करोडका दरले बजेट छुट्याइएको छ। जसका लागि रु. ८ अर्ब २५ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिकका क्रममा बताएका हुन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू