काठमाडौं – कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उनको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ ।
प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको र गाडी सात सय मिटर तल खोलामा खसेका कारणले अन्य जानकारी आउने क्रममा रहेको छ ।
स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो । घाइते महिलाको अवस्था चिन्ताजनक रहेकोले घाइतेलाई उपचारका लागि रास्काेट अस्पताल लगिएको छ ।