रुपन्देहीमा आमाको हत्या गरी लुकेर बस्दै आएका युवक पक्राउ

6

काठमाडौं – आमाको हत्या गरी फरार भएका एक युवकलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका-८ मैनहवाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बस्ने २५ वर्षीय शिवकुमार मुसहर रहेको जिल्ला प्रहरी कार्यलय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

शिवकुमारले घरायसी विवादका क्रममा मंगलवार ५० वर्षीया आमा बुद्धिरानी मुसहरलाई धारिलो हतियार प्रहार गरेका थिए। घाँटीमा धारिलो हतियार प्रहार गरेपछि बुद्धिरानीको घटनास्थलमै मृत्यु भएको थियो।

आमाको हत्यापछि फरार भएका शिवकुमारलाई लुकीछिपी बसेको अवस्थामा प्रकाउ गरी पश्चिम नवलपरासी पठाइएको प्रहरीले जनाएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू